Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

अक्सिजन सिलिन्डर व्यवस्थापन गरेर राख्न स्वास्थ्य मन्त्रालयद्वारा सातै प्रदेशलाई निर्देशन

अक्सिजन सिलिन्डर व्यवस्थापन गरेर राख्न स्वास्थ्य मन्त्रालयद्वारा सातै प्रदेशलाई निर्देशन

  • श्रावण १२, २०७८ मंगलवार ११:५६ बजे
  • 524
    SHARES
  • अक्सिजन सिलिन्डर व्यवस्थापन गरेर राख्न स्वास्थ्य मन्त्रालयद्वारा सातै प्रदेशलाई निर्देशन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो लहर आउनसक्ने भन्दै सात वटै प्रदेशआपूर्ति केन्द्रलाई अक्सिजन सिलिन्डर व्यवस्थापन गरेर राख्न निर्देशन दिएको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा लागू गरिएको भए पनि कोरोना संक्रमण दर नघटेको भन्दै अब आउने लहरसँग लड्नका लागि प्रदेश तथा केन्द्रमा अक्सिजन सिलिन्डर भरेर राख्न अनुरोध  गरेको हाे ।
     
    जारी विज्ञप्तिमा भनिएको छ, ‘भविष्यमा आउन सक्ने सम्भावित चुनौतिलाई सामना गर्न कम्तीमा एक हजार वटा अक्सिजन सिलिन्डर भरेर प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्न अनुरोध गरिन्छ ।’ यससँगै विज्ञप्तिमा मौजुदा सिलिन्डर पनि खाली नराखी सबै भरेर राख्न तथा अक्सिजन प्लान्ट, अक्सिजन ट्यांक कन्सन्ट्रेटरलगायतलाई चुस्त दुरुस्त राख्न पनि निर्देशन दिइएको छ ।

    नेपालका विभिन्न स्थानमा लगाइएको निषेधाज्ञा खुकुलो भएसँगै हप्ता दिन यता कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ । यसैबिच सोमबार मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा.गुणराज लोहनीले आउँदो १५ असोजभित्र सङ्क्रमणको तेस्रो लहर आउने प्रक्षेपण रहेको बताएका थिए । उनले अहिलेको निषेधाज्ञा खुकुलो र जनस्वास्थ्य मापदण्डलाई प्रभावकारी रुपमा लागू नगरिएकाले आउँदो १५ असोजसम्म सङ्क्रमणको तेस्रो लहर आउने सक्ने बताएका छन् ।

     

    health ministry.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij