काठमाठौं– आज देशका केही प्रमुख नदीहरुमा बहाव बढ्ने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै ती नदीहरुमा बहाव बढ्ने जनाएको हो।
महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली र महाकाली नदीको बहाब बढ्ने छ। ‘आज कोशी, नारायणी, कर्णाली , महाकाली र यिनका सहायक नदीहरू विशेषगरि सुनकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर, बुढीगण्डकी लगायत कन्काई जलाधारका नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ,’ बुलेटिनमा भनिएको छ।
श्रावण १२
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 27, 2021
आज कोशी, नारायणी, कर्णाली , महाकाली र यिनका सहायक नदीहरू विशेषगरि सुनकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर, बुढीगण्डकी लगायत कन्काई जलाधारका नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ। pic.twitter.com/VL5A7sOr6y
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij