Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

प्रदेशबाटै एसइई गर्न मन्त्री पन्तको प्रस्ताव

प्रदेशबाटै एसइई गर्न मन्त्री पन्तको प्रस्ताव

  • 93
    SHARES
  • प्रदेशबाटै एसइई गर्न मन्त्री पन्तको प्रस्ताव

    काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रदेशबाटै गर्न सरकारले प्रस्ताव गरेको छ । शनिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले सो प्रस्ताव अघि सारेका हुन् । 

    बैठकमा बोल्दै उनले एसइई प्रदेशबाट सञ्चालन गर्नुपर्ने र एसइईले गुणस्तर कायम गर्न मद्दत पुग्ने बताए । उनले एसइई हटाइयो भने सीटीभीटीमा भर्ना के गर्ने भनि प्रश्न गरे । 

    उनले भने, ‘बजेटमा पनि एसइई प्रदेशमा दिने भनेर पास गरेको छ । सीटीभीटीमा भर्ना हुने पनि एसइई पछि हो । एसइई हटायो भने सीटीभीटीमा भर्ना के गर्ने । सरकरले प्रदेशमा गर्ने भनेर ल्याएको छ । एसइई राखौं प्रदेशबाट सञ्चालन गरौं । एसइईले गुणस्तर कायम गर्न मद्दत गर्छ ।’ 

  • सम्बन्धित विषय:

  • # एसइई

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij