वेबटिभी खबर
काठमाडाैं । प्रतिनिधिसभाको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले घेराउसहित नाराबाजी गरिरहेका छन् । रास्वपाको नाराबाजी र राप्रपाको बहिष्कारपछि आइतबार पनि बैठक अगाडि बढाइएको छ ।
सदनमा बजेटमाथिको मन्त्रालयगत छलफल अघि बढाइएको छ । रास्वपाले विगत लामो समयदेखि भिजिट भिसा काण्डमा उच्च स्तरीय छानबिन समिति र गृहमन्त्रीको राजीनामाको माग गर्दै आएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij