Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

निरन्तर सुक्खा पहिरोका कारण कालीगण्डकी ‘करिडोर’ अवरुद्ध

निरन्तर सुक्खा पहिरोका कारण कालीगण्डकी ‘करिडोर’ अवरुद्ध

  • 97
    SHARES
  • निरन्तर सुक्खा पहिरोका कारण कालीगण्डकी ‘करिडोर’ अवरुद्ध

    गुल्मी । शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर  निरन्तरको पहिरोका कारण आज पनि बन्द नै रह्यो । कालीगण्डकी गाउँपालिका-१ अन्तरगत हर्मीचौर-अर्बेनीमा निरन्तर सुक्खा पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो ।

    पहिरो रोकिएकाले सडक सञ्चालन गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गङ्गाबहादुर सारुले बताए ।

    ‘सडक माथिबाट लगातार सुक्खा पहिरो झरिरहेको छ, हामीले यात्रुहरुलाई वैकल्पीक सडक प्रयोग गर्न आग्रह गरेका छौ,’ प्रहरी नायव उपरिक्षक सारुले भने । उनले तत्कालै उक्त सडक सञ्चालन हुनसक्ने अवस्था नरहेको बताए ।

    पहिराले अवरुद्ध रिडी-बामीटक्सार सडकखण्ड भने एकतर्फी रुपमा मात्र सञ्चालनमा आएको छ । उक्त सडकखण्ड अन्तरगत चन्द्रकोट गाउँपालिका -७ स्थीत सिस्ने भीरमा सडक माथिबाट खसेको पहिरोको केही भाग हटाएपछि सडक आंशिक रुपमा सञ्चालन गएिको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # पहिरो

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij