Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सरकारले  देश र जनताको आवश्यकताका आधारमा काम गरेको प्रवक्ता गुरुङको दाबी

सरकारले  देश र जनताको आवश्यकताका आधारमा काम गरेको प्रवक्ता गुरुङको दाबी

  • 99
    SHARES
  • सरकारले  देश र जनताको आवश्यकताका आधारमा काम गरेको प्रवक्ता गुरुङको दाबी

    लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले देश र जनताका आवश्यकताका आधारमा सरकारले काम गरिरहेको बताएका छन् ।

    लमजुङ बेँसीसहर नगरपालिका–८ मा आज आयोजित नेकपा (एमाले) जिल्ला कमिटी लमजुङको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले जनताले वर्तमान सरकारले राम्रो काम गरेको हेर्न चाहेकाले सोही अनुरुप काम गरेर जनताको आशा र विश्वास पूरा गर्ने बताए ।

    सरकारप्रति गुनासो नआउने गरी सरकार अघि बढिरहेको जिकिर गर्दै उनले भने, ‘अहिले प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, पालिका प्रमुखहरुले कस्ता काम गरेका छन् भनेर जनताले मूल्याङ्कन गरिरहेका छन् ।’

    सरकारले गर्ने कामका आधारमा जनमत बढ्ने र घट्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिए । पार्टी बलियो बनाउन पार्टीका नेता तथा कार्यकर्ताले जतिसुकै खटिए पनि जनप्रतिनिधिले राम्रो काम गरेमा मात्र पार्टीप्रति जनता आकर्षित हुने उनको भनाइ छ ।

    ‘हामी फेरि २०४८ तिरकै कार्यशैलीमा फर्कनुपर्छ । त्यतिबेलाकै आचरणमा फर्कनुपर्छ । आचरणमा सुधार हुनुपर्छ । हामी नैतिकवान, इमान्दार, शासकीय सुधारमा क्षमतावान बन्न सकेमा मात्र हाम्रो साथमा जनता हुनेछन् । हामी जनतामाझ हुनेछौँ’, उनले भने ।

  • सम्बन्धित विषय:

  • # सरकार

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij