Logo

२०८३, मंसिर ८ गते सोमवार

२०८३, मंसिर ८ गते सोमवार

मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा निलम्बित

मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा निलम्बित

  • 131
    SHARES
  • मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा निलम्बित

    जनकपुर । मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा निलम्बित भएका छन् । शुक्रबार बसेको मधेश प्रदेशसभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले अख्तियार दुरुपयोग अनुसन्धानको निलम्बन सम्बन्धी पत्र पढेर सुनाएपछि उनको पद निलम्बनमा परेको हो ।

    विभिन्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिको रकम नीजि सचिव विनोदलाल कायस्थको खातामा जम्मा गरी घुसबापतको उक्त रकम सिंहले आफ्नो खातामा जम्मा गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

    सिंह बिहीबार काठमाडौंको अनामनगरबाट पक्राउ परेका थिए । जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट सिंह महोत्तरी निर्वाचन क्षेत्र नम्बर४ (२) बाट निर्वाचित भएका थिए ।

  • सम्बन्धित विषय:

  • # निलम्बित

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij