Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

नेपाल लाओससँग २–१ गोलअन्तरले पराजित

नेपाल लाओससँग २–१ गोलअन्तरले पराजित

  • 77
    SHARES
  • नेपाल लाओससँग २–१ गोलअन्तरले पराजित

    काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा नेपाल घरेलु टोली लाओसँग पराजित भएको छ ।

    न्यु लाओस राष्ट्रिय रंगशालामा भरखरै सम्पन्न खेलमा लाओसँग नेपाल २-१ गोलअन्तरले पराजित भएको हो । अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल लाओसँग पहिलो पटक पराजित भएको हो ।

    लाओसको जितमा दामोथ थोङखामसाभाथ र पिटर पान्थावोङले समान एक एक गोल गरे । नेपालविरूद्ध लाओसले खेलको १३औँ मिनेटमा पहिलो अग्रता लियो । लाओसका लागि दामोथले गोल गरे । त्यसपछि खेलको दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा नेपालले दोस्रो गोल खायो । लाओसका पिटरले गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए ।

    खेलमा २-० गोलले पछि परेको नेपालले खेलको ७१औँ मिनेटमा एक गोल फर्कायो । नेपालका मनिष डाँगीलाई लाओसका खेलाडीले बक्सभित्र खेलको ७१औँ  मिनेटमा फाउल हाने । त्यसपछि नेपालले पेनाल्टीको अवसर प्राप्त गर्यो । सोही पेनाल्टीलाई सदुपयोग गर्दै मनिषले गोल गरे ।

    त्यसपछि खेलमा गोल हुन सकेनन् र अन्ततः लाओसले नेपालमाथि २-१ गोलको एतिहासिक जित दर्ता गर्यो । यसअघि नेपाल पहिलो खेलमा मलेसियासँग २-० ले पराजित भएको थियो । दुई खेलको समाप्तिमा नेपालले अंकको खाता खोल्न सकेको छैन ।

    यसैगरी नेपाल र लाओस यसअघि छ पटक आमने सामने भएका थिए । जसमा नेपालले चार खेलमा लाओसलाई हराउँदा दुई खेल बराबरीमा सकिएका थिए ।

    नेपाल सम्मिलित समूहमा लाओस, मलेसिया र भियतनाम रहेका छन् । प्रतियोगितामा समूह विजेताले सन् २०२७ मा साउदी अरेबियामा हुने १९औँ एसियन कप फुटबल प्रतियोगितामा भाग लिन पाउने छन् । नेपालले अब आफ्नो तेस्रो खेल आगामी अक्टोबरमा भियतनामसँग खेल्नेछ ।

  • सम्बन्धित विषय:

  • # लाओस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij