Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

झापाबाट १४ लाख ९९ हजार भारतीय रुपैयाँसहित एकजना  पक्राउ

झापाबाट १४ लाख ९९ हजार भारतीय रुपैयाँसहित एकजना  पक्राउ

  • 105
    SHARES
  • झापाबाट १४ लाख ९९ हजार भारतीय रुपैयाँसहित एकजना  पक्राउ

    काठमाडौं । सशस्त्र प्रहरीले झापा जिल्लाको मेचीनगरपालिका–७ स्थित जोरसिमलबाट १४ लाख ९९ हजार ७ सय भारतीय रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

    बुधबार मोरङ्गको उर्लाबारी बस्ने उनलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाले उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

    काँकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बसमा सवार उनको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो ।

    उक्त रुपैयाँमा ५ सय दरको २ हजार ९ सय ९९ सय र २ सय दरको १ वटा रहेको छ । उक्त रुपैयाँ कसरी र के प्रयोजनको लागि ल्याएको हो खुल्न सकेको छैन ।

    नियन्त्रणमा लिएका उनलाई बरामद रुपैयाँसहित आवश्यक अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय ईटरीमा बुझाइएको शसस्त्र प्रहरीका डिएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # पक्राउ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij