Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

एनआरएनए अध्यक्ष बद्री केसी समुहलाई भेटेर प्रधानमन्त्रीले भने–तपाईंहरू नै आधिकारिक हो

एनआरएनए अध्यक्ष बद्री केसी समुहलाई भेटेर प्रधानमन्त्रीले भने–तपाईंहरू नै आधिकारिक हो

  • बैशाख २२, २०८२ सोमवार १४:१८ बजे
  • 195
    SHARES
  • एनआरएनए अध्यक्ष बद्री केसी समुहलाई भेटेर प्रधानमन्त्रीले भने–तपाईंहरू नै आधिकारिक हो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ११ औँ महाधिवेशनबाट गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा जितेका बद्री केसीसहितका पदाधिकारीसँग भेट गरेका छन् । भेटमा उनले केसी निर्वाचित महाधिवेशन नै आधिकारिक भएको बताए । 

    भेटमा उनले एनआरएनएलाई एकजुट बनाउनका लागि आफू सदैव प्रतिवद्ध रहेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले एनआरएनएलाई गैर–राजनीतिक बनाई संसारभरका गैरआवासीय नेपालीलाई एकजुट बनाउन आफू सदैव प्रतिबद्ध रहेको बताएका थिए ।

    भेटमा प्रधानमन्त्री ओलीले ११ औँ महाधिवेशनबाट निर्वाचित एनआरएनए नै आधिकारिक रहेको उल्लेख गर्दै भने, ‘म आफैँ कतिपटक तपाईंहरूको कार्यक्रममा सहभागी भएँ । त्यसको मतलव तपाईंहरू नै आधिकारिक हो । अब दसौँ महाधिवेशनमा विवाद भएको हो, त्यो विवादबारेको फैसला ११ औँ महाधिवेशन भइसकेको थियो । पछिल्लो फैसलाले समेत ११ औं महाधिवेशनलाई मान्यता दिइसकेको छ, अरू महाधिवेशन भयो भएन भन्ने कुराले अर्थ राख्दैन ।’

    प्रधानमन्त्री ओलीले हरेक दुई वर्षको अक्टोबरमा हुने एनआरएनए महाधिवेशन नै आधिकारिक हुने भन्दै त्यसतर्फ तयारी गर्न आग्रह गरे । आइतबार मात्र शेष घले संयोजक रहेको उच्चस्तरीय समितिले काठमाडौँमा महाधिवेशन गर्दै महेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति बनाएको थियो ।

    सर्वोच्च अदालतको परमादेश अनुसार गठित समितिले आयोजना गरेको एकता महाधिवेशनबाट श्रेष्ठ सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका थिए ।

  • सम्बन्धित विषय:

  • # एनआरएनए

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij