वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका हुन् । आज बिहान बसेको बोर्डको बैठकले पूर्वनिर्धारित समयमै परीक्षा गर्ने निर्णय गरेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij