वेबटिभी खबर
विराटनगर । नेकपामा ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीको आन्दोलनलाई अपराधको संज्ञा दिएका छन् । आइतबार विराटनगरमा (हाम्रो मत दैनिक)को वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले ताना साहका पक्षमा नियोजित ढंगले हुने समाज विरोधी कार्यलाई आन्दोलन भन्नन मिल्ने र त्यो अपराध हुने बताएका हुन् ।
अध्यक्ष प्रचण्डले ठुला दलहरू प्रति जनतामा घृणा नभएको उल्लेख गर्दै त्यसको तथ्य पछिल्ला स्ववियू निर्वाचनदेखि पछिल्ला जुनसुकै निर्वाचनमा आएको परिणामले नै गणतन्त्रवादी शक्तिको पछाडि जनता रहेको स्पष्ट पारेका छन् ।
अध्यक्ष प्रचण्डले संविधानमा समीक्षा गर्ने आवश्यक वेला आएको बताउँदै नयाँ सांस्कृतिक क्रान्तिको आवश्यकता जानुपर्नेमा जोड दिएका छन् ।कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व मुख्यमन्त्री केदार कार्की, भौतिक पूर्वाधार विकाशमन्त्री भूपेन्द्र राई लगायतले मन्तव्वय राखेका थिए ।
कार्यक्रममा बोलेका उद्योगी व्यवसायीहरूले भने अवकामञ्चहरू राजनीतिक भाषणमा मात्रै केन्द्रित नभई आर्थिक विकासको पक्षमा पनि केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij