Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

राप्रपालाई प्रर्दशनमा गैरकानुनी क्रियाकलाप नगर्न गृहको अनुरोध

राप्रपालाई प्रर्दशनमा गैरकानुनी क्रियाकलाप नगर्न गृहको अनुरोध

  • 152
    SHARES
  • राप्रपालाई प्रर्दशनमा गैरकानुनी क्रियाकलाप नगर्न गृहको अनुरोध

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजबाट राजसंस्था पुनस्र्थापनाका लागि सशक्त आन्दोलन गर्ने भएको छ । आज पहिलो दिनमा निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न लागेको हो ।  

    प्रचलित कानून बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका अभिव्यक्तिहरु प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारी जानकारी दिएका छन् ।

    उनले शनिवार साँझ एक विज्ञप्ति जारी गर्दै कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने गतिविधि सह्य नहुने बताएका हुन् । विज्ञप्तिमा लेखिएको छ,‘संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानून बमोजिम कारवाही हुने व्यहोरा सूचित गरिन्छ ।’

    यस्तै, गृह मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन सबैलाई अनुरोध गरेको छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायत पक्राउ परेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij