Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

म कांग्रेस र कम्युनिष्ट दुइवटै गुण भएको नयाँ मान्छे हो : अध्यक्ष भट्टराई

म कांग्रेस र कम्युनिष्ट दुइवटै गुण भएको नयाँ मान्छे हो : अध्यक्ष भट्टराई

  • 187
    SHARES
  • म कांग्रेस र कम्युनिष्ट दुइवटै गुण भएको नयाँ मान्छे हो : अध्यक्ष भट्टराई

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले आफू कांग्रेस र कम्युनिष्ट गुणले नयाँ मान्छे भएको बताएका छन् । बुधवार कांग्रेस नेता स्व चन्द्रप्रसाद न्यौपानेको पहिलो स्मृति ग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दैँ उनले राजनीतिक जीवनको सुरुवातमा कांग्रेस निकट रहेको हुनाले आफू कांग्रेस र कम्युनिष्ट दुवै भएको बताएका हुन् ।

    ‘शेरबहादुर लगायत साथिहरुलाई सुनाउन चाहान्छु म त सामान्तवाद निरङकुसता राजतन्त्र विरोधि चेतना बोकेर लागेको मान्छे त्यसैले ३३ सालसम्म म कांगे्रस निकट रहे,’भट्टराईले भने ।कांग्रेस र कम्युनिष्टहरु भनेको लोकतन्त्रको दुई हाँगा भएको भन्दै उनले कांग्रेस र कम्युनिष्टहरुले लिएको विचार अपुरो भएको बताए ।

    भट्टराईले भने, ‘कांग्रेसले निजी स्वतन्त्रका मात्र कुरा गर्ने र कम्युनिष्टहरुले समानतामा मात्र जोड दियो त्यो अपुरो थियो । तर हनुपर्ने निजी स्वतन्त्रता साथै समानतामा भन्ने मेरो बुझाई हो । त्यसैले अलिकति कांग्रेस, अलिकति कम्युनिष्ट हो त्यसैले म दुइवटै गुण भएको अलिकति अगाडि बढेको नयाँ मान्छे हो ।’ उनले चन्द्रप्रसाद न्यौपानेसँग लोकतान्त्रिक कुराहरू सिक्न पाएको जनाए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij