Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

अघिल्लो सरकारको कार्यशैलीले मुलुक ग्रे लिस्टमा पर्यो : अर्थमन्त्री

अघिल्लो सरकारको कार्यशैलीले मुलुक ग्रे लिस्टमा पर्यो : अर्थमन्त्री

  • 165
    SHARES
  • अघिल्लो सरकारको कार्यशैलीले मुलुक ग्रे लिस्टमा पर्यो : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले निवर्तमान सरकारको काम कारबाहीले गर्दा मुलुक ग्रे लिस्टमा परेको बताएका छन् । 

    विकास, आर्थिक मामिला तथा सुशासन समिति चालु आर्थिक वर्ष ०८१।०८२ को बजेटको खर्चको स्थिति र आगामी आ.व. ०८२।०८३ को बजेटको तयारी सम्बन्धी छलफलमा बिहीबार उनले पहिलाको सरकारले प्रतिबद्धता गरे अनुसार काम गर्न नसक्दा मुलुक ग्रे लिस्टमा पुगेको बताए । उनले ग्रे लिस्टबाट बाहिर ल्याउन कार्यतालिका बनाएर अगाडि बढेको बताए । 

    उनले भने, ‘औपचारिक रुपमा ग्रे लिस्टमा लिस्टिङ भएका छौँ । पहिलाका काम कारबाहीले गर्दा ग्रे लिस्टमा पर्ने अवस्था बनेको हो । यो सरकार बनेपछि भएका कामहरूका कारणले मुलुक ग्रे लिस्टमा गएको होइन् । अगाडिको समयमा जे काम गर्नुपर्ने थियो, जे काम गर्छाैँ भनेर प्रतिबद्धता गरेका थियौँ, त्यो काम गर्न नसक्दा मुलुक ग्रे लिस्टमा पुगेको हो । ग्रे लिस्टबाट बाहिर आउने सन्दर्भमा एउटा कार्यतालिका बनाएका छौँ । सोही हिसाबले कामहरू पनि अगाडि बढाउने तयारीमा छौ । छिटै नै ग्रे लिस्टबाट बाहिर निस्किने आशा छ ।’

    समितिमा बजेटको सिद्धान्त र प्राथमिकता बारे उठेको प्रश्नलाई सम्बोधन गर्दै उनले सबैभन्दा पहिला सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि त्यही अनुसार सिद्धान्त, प्राथमिकता र मिल्नेगरी बजेट निर्माण गर्ने बताए । 

    सुशासन विना विकास र समृद्धि छैन् भन्ने सोचको साथमा सरकार सबै काम कारबाहीलाई सुशासनमा केन्द्रित गरेर अगाडि बढेको पनि उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij