Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

४ किलो गाँजासहित एकजना पक्राउ

४ किलो गाँजासहित एकजना पक्राउ

  • 94
    SHARES
  • ४ किलो गाँजासहित एकजना पक्राउ

    रौतहट । रौतहटको बनबहुअरी टोलबाट प्रहरीले लागु औषध (गाँजा) सहित एक जनालाई  पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलिले चन्द्रपुर नगरपालिका वडा नं.७ बनबहुअरी टोलबाट ४ किलो १०० ग्राम लागु औषध गाँजा सहित मानिसलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा सोही स्थान बस्ने  बर्ष ५० का सुरेन्द्र साह रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार घर खानतलासी गर्दा साह सुत्ने कोठामा रहेको खाटमुनी झोलामा लागु औषध (गाँजा) फेला परेका हो ।

    लागु औषध सहित थप अनुसन्धानको लागि रौतहट जिल्ला अदालतबाट १० (दश) दिनको म्याद थप भई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # पक्राउ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij