वेबटिभी खबर
काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समुहले गरेको प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २२ वर्षका अमित साह, १९ वर्षका सुमन कार्की, ३४ वर्षका हेमराज थारू २७ वर्षीय दिवस बोगटी क्षेत्री, ३० वर्षकी अनिता कुँवर(ऐनी), र ३० वर्षका कुमार तामाङ रहेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थपेर उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij