Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

मुगालीको प्राथमिकतामा सरकारी खाद्यान्न

मुगालीको प्राथमिकतामा सरकारी खाद्यान्न

  • 166
    SHARES
  • मुगालीको प्राथमिकतामा सरकारी खाद्यान्न

    मुगु । मुगुमा कुनै बेला सरकारी खाद्यान्न गोदाम खाली हुने, त कहिल्यै भोकमरीको समाचार बाहिर आउने गरेको थियो । पछिल्लो समयमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा ११ प्रकारका खाद्यान्न, तेल, चिनी, दाल बजारमा बिक्री गर्ने व्यापारीहरूभन्दा सस्तो र सहज उपलब्ध गराउन थालिएको छ ।

    यसले गर्दा पछिल्लो समयमा मुलागीहरूले बजारको भन्दा सरकारी खाद्यान्नलाई बढी प्राथमिकता दिन थालेका छन् । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले मुगुमा अरुवा मोटा, जिरा, सोना, सोना मध्य, बासमती, मसिनो, मन्सुली, भिटामिनयुक्त जस्ता ३० केजीको बोरामा चामल उपलब्ध गराउन थालेको छ ।

    बजारमा बिक्री हुने चामलको मूल्य भन्दा ३ सयदेखि ५ सयसम्म सस्तो मूल्यमा खाद्यान्न उपलब्ध भइरहेको छ । गत आवको १२ महिनामा ८ करोडसम्मको खाद्यान्न कारोबार भएको थियो । यो आव ०८१/०८२ मा मात्रै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले गमगढीबाट ५ करोड ४५ लाख ८६ हजार २ सय ७० रुपैयाँ, सेरुकोट डिपोबाट ५४ लाख ४० हजार ८ सय १० रुपैयाँ, श्रीकोट डिपोबाट ९४ लाख ३० हजार २ सय २५ रुपैयाँ, र पुलु डिपोबाट ६५ लाख २० हजार गरी ७ करोड ५९ लाख ७७ हजार ३ सय ५ रुपैयाँको कारोबार गरेको थियो।

    साउनदेखि फागुनसम्मको बिक्री वितरण गत वर्षको तुलनामा यस वर्ष बढी भएको देखिएको छ। नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख जयचन्द्र न्यौपानेले बजारभन्दा सस्तो, राम्रो र सहज रूपमा ७ प्रकारका चामल र अन्य खाद्यान्न जस्तै तेल, चिनी, दाल बिक्री भइरहेको बताए । पूर्वका वर्षहरूमा चामल लिनको लागि बिहानैदेखि लाइनमा बस्नुपर्ने र दिनमा १० केजी चामल लिन ठूलो युद्ध जित्ने जस्तो परिस्थिति थियो ।

    अहिले भने खाद्यान्न सस्थानमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म आफ्ना आर्थिक स्थितिअनुसार चामल किन्ने सुविधा उपलब्ध भएको छ । बजारको चामलभन्दा सरकारी खाद्यान्नको चामल एक प्याकबाट ३ सयदेखि ५ सयसम्म सस्तो मूल्यमा पाउने र अन्य बचेका रकमले घरमा थप चिनी, तेल र साबुन किन्ने गरेको स्थानीय प्रेमदेवी बुढाले बताएकी छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij