Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

रौतहटका वन जंगलमा डढेलोको प्रकोप, मानव बस्ती जोखिममा

रौतहटका वन जंगलमा डढेलोको प्रकोप, मानव बस्ती जोखिममा

  • 185
    SHARES
  • रौतहटका वन जंगलमा डढेलोको प्रकोप, मानव बस्ती जोखिममा

    रौतहट । गर्मीको सुरुवातसँगै रौतहटका वन जंगलमा डढेलोको प्रकोप देखिन थालेको छ । पश्चिमा तातो हावासँगै फैलदो डढेलोले जंगली बोटविरुवा मात्र नभई जनावरहरुसमेत प्रभावित भएका छन् ।

    जंगली जनावरहरु डढेलोबाट जोगिन सुरक्षित आश्रय स्थल तिर भाग्ने गरेको स्थानीयहरु बताउँछन् । अहिले दैनिक जसो यहाँ वन जंगलमा डढेलो लाग्ने गरेको स्थानिय विकाश सुबेदीले बताए । उनका अनुसार वन जंगलमा डढेलो संगै हिउँदमा वन्यजन्तु चोरी निकासी प्रमुख समस्या देखिन्छ ।

    डढेलोले जंगली जनावरहरु बासस्थान छाडी वस्ती आसपास र राजमार्गमा देखापर्ने गरेकाले सिकारीहरुलाई समेत वन्यजन्तु शिकार गर्न सजिलो भएको उनको भनाइ छ । जिल्लाको उतरी भेगमा लमहा, पौराई, गैडाटार, चन्द्रनिगाहपुर, भोलनटार, सिमरी, बलेरी, जंगलसैया, भैसहीलगायतका जंगल क्षेत्रमा डढेलो बढि लाग्ने गरेको पाईन्छ । गर्मीमा सुरुवात भएदेखि नै डढेलो लाग्ने गरेकोले वन जंगल नजिकको बस्तीमा पनि जोखिम उतिकै रहेको चन्द्रपुर नगरपालिका वडा न ६ का वडाअध्यक्ष सहदेव केसीले बताए ।

    चिम्नीटोल र डाबरी टोलको नजिकमा रहेको वनमा डढेलो लागेको थियो । उनका अनुसार  सामुदायिक तथा साझेदारी बन संगै जोडिएको  बस्ती नै जोखिममा परेपछी शनिबार दिउँसो वरुण यन्त्र (दमकल) को सहयोगमा डढेलो नियन्त्रणमा लिइएको हो । चौपाया चराउन र घाँस दाउरा लिन जानेहरुले चुरोट–बिडी सेवन गरी फालेको ठुटोबाट वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ ।

    अर्कोतर्फ वस्तुभाउ चराउन जाने गोठालाले नयाँ घाँस उम्रिने भन्दै आफैसमेत आगो लगाउने गरेका छन् । वन जंगलमा डढेलो नलगाउन डिभिजन वन कार्यलय रौतहटले आग्रह गरेको छ । यदपी वनमा डढेलो लगाउने कार्यमा सग्लनको पहिचान गरि कार्वाही गरिने उल्लेख गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij