वेबटिभी खबर
काठमाडौं । राजावादीहरूले प्रदर्शनका क्रममा आलोकनगर स्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय तोडफोड गरेका छन् ।
नेपाल न्यूज बैंकका प्रतिनिधि विजेन अमात्यका अनुसार प्रदर्शनकारीहरू नेकपा एसको कार्यालयमा प्रवेश गरेर फर्निचरहरू फुटाएका थिए । त्यस्तै प्रदर्शनकारीहरूले उक्त कार्यालय अगाडि आगजनी समेत गरेका छन् ।
प्रदर्शनकारीहरूले तीनकुने क्षेत्रका आधा दर्जन घरमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन् । तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शन उग्र बनेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । राजावादीहरूको आमसभा गर्ने स्थल भाताभुंग भइसकेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij