Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

पर्यटन मन्त्रालय बृहत छ, स्रोत साधनको हिसाबले खुम्चिएको छ : मन्त्री पाण्डे

पर्यटन मन्त्रालय बृहत छ, स्रोत साधनको हिसाबले खुम्चिएको छ : मन्त्री पाण्डे

  • 154
    SHARES
  • पर्यटन मन्त्रालय बृहत छ, स्रोत साधनको हिसाबले खुम्चिएको छ : मन्त्री पाण्डे

    काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्य प्रगतिबारे छलफल गरिएको छ । सोमबार बसेको पर्यटन समितिको बैठकले मन्त्रालयको कार्य प्रगति एवं आगामी आर्थिक बर्षको कार्यक्रम,योजना र रणनीति सम्बन्धमा छलफल गरेको हो ।

    उक्त समितिको बैठकमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको क्षेत्र, पर्यटनको क्षेत्र र नागरिक उड्डयनको क्षेत्र विषयगत हिसाबले निकै वृहत रहेको बताए । उनले विषयगत हिसाबले निकै वृहत भएपनि स्रोत साधनको हिसाबले निकै खुम्चिएको जनाए ।

    मन्त्री पाण्डेले भने, ‘विशेषगरी यो तीनवटा क्षेत्र विषयगत हिसावले निकै वृहत छ संस्कृतिको क्षेत्र, पर्यटनको क्षेत्र र नागरिक उड्डयनको क्षेत्र । तर स्रोत साधनको हिसाबले निकै खुम्चिएको देखिन्छ । अहिले हजारौं हजारौं निवेदनहरु मन्त्रालयमा, सचिवालयमा दर्ता भएका छन् । तर त्यसका निम्ती मन्त्रालयसँग सार्मथ्य छैन् । आवश्यकता सबैतिर होला, मन्दिर, गुम्बा मस्जिद लगायतका क्षेत्रको विकासको कुराहरु देखिन्छन् । एयरपोर्टहरु छन् तर पुगिरहेको अवस्था छैन । भएका ठाउँमा गुणस्तर सुर्धानुपर्ने अवस्था छ । टर्मिनल बनाउनुपर्नेलगायत विविध कामहरु गर्नुपर्ने देखिन्छ । यसो हुँदा पनि बजेटको अवस्था सामान्य छ ।’

    यसैगरी मन्त्री पाण्डेले सुधारका पक्षहरु थुप्रै भएपनि मन्त्रालयमा बजेट कम रहेको बताए । उनले जुनजुन निकायले आफैं बजेट बनाउँछन् ति निकायसँग एकदिन समितिले छलफल गर्नुपर्ने जनाए । मन्त्री पाण्डेले भने, ‘जुनजुन निकायले आफैं बजेट बनाउँछन् ति निकायसँग एकदिन समितिले छलफल गर्दा सकारात्मक हुने विश्वास लिएको छु । नागरिक उड्डयनको क्षेत्रमा नेपाल एयरलायन्सलाई सुचारु बनाउने सन्दर्भमा पनि गहन छलफलमै छौं । प्लेन नथपिकन कुनै उपाय नै छैन । १० वटा देशभित्रै चल्ने प्लेन र १० वटा वाइडबडि र १० वटा न्यारोबडी भइदिएको भए मात्रै अहिले जति पनि ठाउँमा आवश्यक्ता छ त्यो  पूरा हुने थियो भन्ने छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij