वेबटिभी खबर
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विदेशी हस्तक्षेपका विरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ ।
बिहीबार काठमाडौंको माइतिघरमा क्रान्तिकारीले विदेशी हस्तक्षेपका विरुद्ध र राष्ट्रिय स्वाधिनताको पक्षका प्रदर्शन गरेका हुन् ।
उनीहरुले अमेरिकी पूर्वाधार सहयोग एमसीसी खारेज गर्नुपर्ने, सबैखाले वैदेशिक हस्तक्षेप बन्द गर्नुपर्ने, सबै असमान सन्धि सम्झौता खारेज गर्नुपर्ने माग अघि सारेका छन् ।
अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीले नयाँ सरकार बनेपछि बैदेशीक हस्तक्षेप हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको बताए ।
प्रदर्शनमा सहभागीहरुले निःशुल्क वैज्ञानिक समाजवादी शिक्षा प्रणाली अपनाउनुपर्ने भन्दै नाराजुलुस गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij