वेबटिभी खबर
काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पाँच र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर चारले घटाउने निर्णय गरेको हो ।
मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ६० रूपैयाँ ५० पैसा, एक सय ६२ रूपैयाँ र एक सय ६३ रूपैयाँ तथा डिजेल÷मट्टितेल प्रतिलिटर एक सय ४८ रूपैयाँ ५० पैसा, एक सय ५० रूपैयाँ र एक सय ५१ रूपैयाँ कायम भएको छ ।
इण्डियन आयल कर्पोरेसशनबाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij