वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिकाले ४१ जना बालक र ३२ जना बालिकासहित ७३ जना बालबालिकालाई जोखिमपूर्ण अवस्थाबाट उद्धार गरेको छ । जसमध्ये ३८ जना बाल संरक्षण गृहमा छन् ।
३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको महानगरले जनाएको छ । उद्धारपछि ७ को मुद्दालाई न्यायिक प्रक्रिया अगाडि बढाइएको छ । जसमा ४ जनाको जबरजस्ती करणी, २ जना बालिकाको बाल यौन दुव्यवहार र १ जना बालिकाको कुटपिट तथा दास बनाएको विषय छ ।
पछिल्ला २ घटनामा भने महानगरपालिकाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई नै जाहेरी सरह मानी सोहीआधारमा मुद्दा चलाइएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij