Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

पेस्तोलसहित दुई जना पक्राउ

पेस्तोलसहित दुई जना पक्राउ

  • 83
    SHARES
  • पेस्तोलसहित दुई जना पक्राउ
    रौतहट । रौतहटको गौरबाट चितवनतर्फ जाँदै गरेको एक यात्रु बाहक बसबाट प्रहरीले पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ । ना ८ ख ८७७३ नम्बरको बसलाई हेटौँडा–१५,रातोमाटे स्थित चेकपोस्टमा चेकजाँच गर्ने क्रममा प्रहरीले पेस्तोल बरामद गरेको हो । 
    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार  एक थान पेस्तोल र ९ मिलिमिटरको ३ राउन्ड गोलीसहित २ जना भारतीय नागरिकलाई  पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यको सिहुहर जिल्ला धनहरा ग्रामका २२ वर्षीय धिरजकुमार र मोतिहारी जिल्ला बहरी ग्रामका २६ वर्षीय दीपककुमार रहेको प्रहरीको भनाइ छ ।
     
    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख, प्रहरी उपरीक्षक विश्वराज खड्काले पेस्तोल सहित पक्राउ परेका नागरिकका बारेमा आवश्यक अनुसन्धान भै रहेको जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # पक्राउ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij