Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सर्वोच्चको आदेशले नेपालमा थप विकास गर्नै नसक्ने अवस्था आयो : राजेन्द्र लिङ्देन

सर्वोच्चको आदेशले नेपालमा थप विकास गर्नै नसक्ने अवस्था आयो : राजेन्द्र लिङ्देन

  • 118
    SHARES
  • सर्वोच्चको आदेशले नेपालमा थप विकास गर्नै नसक्ने अवस्था आयो : राजेन्द्र लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणको काम पूर्णरूपमा रोक लगाउने सर्वोच्च अदालतको आदेशले नेपालमा थप विकास निर्माण नै गर्न नसकिने अवस्था आएको बताएका छन् ।

    बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरुसँगको भेटमा अध्यक्ष लिङ्देनले ऊर्जा उत्पादकहरुले सरकारको गलत नीतिका कारण थप दुख पाएको पनि उनले बताएका हुन् ।

    उनले देश विकासको मेरुदण्डको रुपमा रहेको ऊर्जा क्षेत्रको विकासमा क्रियाशील ऊर्जा उद्यमीहरूका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण पनि गराए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij