Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

सिरहामा सवारी दुर्घटना , एक मजदुरको मृत्यु

सिरहामा सवारी दुर्घटना , एक मजदुरको मृत्यु

  • 75
    SHARES
  • सिरहामा सवारी दुर्घटना , एक मजदुरको मृत्यु

    सिरहा । सिरहामा सवारी दुर्घटनामा परि एक मजदुरको मृत्यु भएको छ । कर्जन्हा नगरपालिकाका-६ बडहराका सुरेश मुखियाको मृत्यु भएको हो । 

    चोहर्वाबाट लहानतर्फ जाँदै गरेको स १ त ३८४४ नम्बरको ट्याक्टर पुर्व-पश्चिम राजमार्ग अन्तरगत धनगढीमाइ नगरपालिका १० स्थित धनगढी चोकमा  दुर्घटना हुदा ट्याक्टरमा सवार कर्जन्हा नगरपालिका-६ बडहरा बस्ने अशेश्वर मुखियाको छोरा अ.वर्ष २५ को सुरेश मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिरहाका डिएसपी बिरेन्द्र पासवानले जान्कारी दिए ।

    पासवानका अनुसार, ट्याक्टरको टोलिमा सवार रहेका मजदुर उक्त ट्याक्टरको  इन्जिन पछाडिको बायाँ चक्का मुनि परेका थिए । उनको शरिरको विभिन्न भागमा चोट लागेको थियो भने उनको उपचारको क्रममा मृत्यु भएको हो ।

    शवलाई पोस्टमार्टमाका लागि जिल्ला प्रादेशिक अस्पताल लहान पठाएको छ । प्रहरीले ट्याक्टर र चालकलाइ नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको डिएसपी पासवानले बताए ।

  • सम्बन्धित विषय:

  • # मृत्यु

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij