Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

आजको मौसम : केही प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम : केही प्रदेशमा वर्षाको सम्भावना

  • 93
    SHARES
  • आजको मौसम : केही प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।

    महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत तराईका केही स्थानमा हुस्सु लागेको छ ।

    आज देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने त्यसैगरी आज गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थान, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

  • सम्बन्धित विषय:

  • # प्रदेश

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij