Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

चितुवा मृत अवस्थामा फेला

चितुवा मृत अवस्थामा फेला

  • 99
    SHARES
  • चितुवा मृत अवस्थामा फेला

    रौतहट ।  रौतहटको बलेरीको नहरमा एक चितुवा मृत अवस्थामा फेला परेको छ । चितुवाको मुखबाट रगत आएको कारण चोरी सिकारीले मारेको हुन सक्ने आँकलन गरिएको छ ।

    यद्मपी चितुवा नहरको पानीले बगाएर ल्याएको अवस्थामा फेला परेको स्थानियले बताएका छन् । चोरी सिकारीको उदेश्यले मारेको हुन सक्ने स्थानीय रुप नारायण पटेलले बताए ।

    उनका अनुसार वृन्दावन नगरपालिका-१ बलेरीको नहरबाट कृषकको खेतसम्म आइपुगेको हो । तर डिभिजन बन कार्यालय रौतहटले सिकारीले मारेको नभइ आफैं मरेको बताएको छ ।

    चितुवाको प्रकृति हेर्दा कालगतीले मरेको देखिएको डिभिजन वन कार्यालय रौतहटका निमित्त प्रमुख राम गणेश साहले बताए । यस विषयमा अनुसन्धान गरिने   उनले जानकारी दिए ।

    मरेको चितुवालाई स्थानीय प्रशासन र जनप्रतिनिधिको रोहबरमा खाडल खनेर पुरिएको छ । पछिल्लो समय रौतहटको बनमा लोपोन्मुख बन्यजन्तु देखा पर्न थालेका छन् । 

  • सम्बन्धित विषय:

  • # चितुवा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij