Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

तिब्बतममा भूकम्पपछि ६४६ परकम्पन

तिब्बतममा भूकम्पपछि ६४६ परकम्पन

  • 194
    SHARES
  • तिब्बतममा भूकम्पपछि ६४६ परकम्पन

    एजेन्सी । दक्षिण-पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मंगलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बुधबार दिउँसोसम्म कूल ६४६ परकम्पनहरू पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ ।

    क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागका प्रमुख होङ लीका अनुसार सबैभन्दा ठूलो पराकम्पनको म्याग्निच्युड ४।४ थियो र यो केन्द्रविन्दुबाट करिब १८ किलोमिटर टाढा थियो ।

    भूकम्पमा १२६ जनाको मृत्यु भएको छ र अन्य १८८ जना घाइते भएका छन् । भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार, सडक र बिजुली सेवा पुनःस्थापना गरिएको छ ।

    चाइनिज रेड क्रस सोसाइटी (आरसिएससी)ले मंगलबार राति भूकम्प प्रभावित क्षेत्रहरूमा दोस्रो चरणको राहत सामग्री पठाएको छ । यसमा कपडाको पाल, सिरक र फोल्डिङ बेड लगायत चार हजार तीन सय वस्तुहरू समावेश छन् ।

    आरसिएससीद्वारा आपत्कालीन सरसफाई शौचालय, खाना पकाउने गाडी र क्याम्पर गाडीलगायत अन्य आपत्कालीन प्रतिक्रिया सामग्रीहरू सहित ५० भन्दा बढी उद्धारकर्मीहरू पनि प्रभावित क्षेत्रमा पठाइएका छन् ।

  • सम्बन्धित विषय:

  • # भूकम्प

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij