वेबटिभी खबर
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियालाई माओवादीलाई सिध्याउने हतियार बनाईएको बताएका छन् ।
बुधबार ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ कार्यक्रममा बोल्दै उनले राजनीतिक कारणले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन कठिन भएको भन्दै नेकपा एमालेले टुंगिन लागेका बेला गएर रोक्ने गरेको आरोप लगाए ।
अध्यक्ष प्रचण्डले भने, ‘टुंग्याउन कठिन भएको राजनीतिक कारणले नै हो । त्यहाँ कन्फ्युजन हुनुपर्ने कुरा केही पनि छैन । एउटा प्रवृत्ति नहोस् भन्ने नै छ । अझ गम्भिर प्रवृत्ति के छ भने माओवादीलाई तह लगाउने अन्तिम यही छ किन टुंग्याउनु माओवादी सिध्याएर मात्रै अनि के गर्नुपर्छ गरौंला भन्ने राजनीतिक सोच र प्रवृत्तिका मान्छे पनि छन् । यो कुरा आवेग पनि होइन, सेन्टिमेन्ट पनि होइन एउटा राजनीतिक नेतृत्व र प्रवृत्ति त्यस्तो छ । टुंगिन लागेका बेला गएर रोक्छ त्यसले । माओवादीलाई तह लगाउने सिध्याउने अन्तिम हतियार यही नै हो टुङग्याउन हुन्न भन्ने सोच भएको प्रवृत्ति छ ।’
त्यस्तै, पीडितहरु एकतावद्ध भएर राज्यलाई र राजनीतिक नेतृत्वलाई अब त नसोचे बर्बाद हुने भयो भन्ने ठाउँमा नपुर्याएसम्म अर्को १८ वर्ष सम्म शान्ति प्रक्रिया टुंगो नलाग्ने उनको भनाई छ।
अध्यक्ष प्रचण्डले भने, ‘यसको समाधान पीडितहरुले बेलाबेलामा यो कुरा उठाईराख्नु, जरुरी पर्दा सडकमा पनि जाने तयारी गर्नु किनकी अन्तिममा सडक नै हुने हो कि जस्तो मलाई लागेको छ । यो विषय कानुनी भन्दा पनि बढि राजनैतिक नै छ । पीडितहरु एकताबद्ध भएर राज्यलाई र राजनीतिक नेतृत्वलाई अब त नसोच बर्बाद हुने भयो भन्ने ठाउँमा नपुर्याएसम्म यो अर्को १८ वर्ष जान नि बेर छैन् ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij