Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दै

संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दै

  • 87
    SHARES
  • संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तरगतका राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागिएको हो ।

    राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ताहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

    बैठक कानून समितिको सभाकक्षमा दिनको १२ः१५ बजे बस्दै छ । यस्तै, पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ताहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा बिहान ११ः०० बजे बस्दै छ । 

  • सम्बन्धित विषय:

  • # समिति

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij