Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

‘नेपाली कांग्रेस बलियो भए मुलुकमा लोकतन्त्र सुरक्षित हुन्छ’

‘नेपाली कांग्रेस बलियो भए मुलुकमा लोकतन्त्र सुरक्षित हुन्छ’

  • 143
    SHARES
  • ‘नेपाली कांग्रेस बलियो भए मुलुकमा लोकतन्त्र सुरक्षित हुन्छ’

    सुनसरी । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकले कांग्रेस बलियो भए मुलुकमा लोकतन्त्र सुरक्षित हुने बताएका छन् ।

    धरान उपमहानगरपालिका–१५ मा आयोजित साहित्यकार गिरिराज आचार्यद्वारा लिखित ‘बिपीका साहित्यिक विचारहरू’ पुस्तकको लोकार्पण कार्यक्रममा उनले कांग्रेस कमजोर भएमा लोकतन्त्रमाथि जोखिम बढ्न सक्ने धारणा व्यक्त गरे ।

    नेता लेखकले लोकतन्त्रलाई सुरक्षित गर्न पनि कांग्रेस बलियो हुन आवश्यक रहेको जिकिर गरे । गृहमन्त्री लेखकले वर्तमान सरकार र सत्ता गठबन्धन मुलुकमा सरकारको स्थायित्वमार्फत सुशासन, दिगो शान्ति र समृद्धिका लागि बनेको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij