Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

काठमाडौं महानगरको निःशुल्क भिडियो एक्स–रे सेवा सुरु हुँदै

काठमाडौं महानगरको निःशुल्क भिडियो एक्स–रे सेवा सुरु हुँदै

  • 123
    SHARES
  • काठमाडौं महानगरको निःशुल्क भिडियो एक्स–रे सेवा सुरु हुँदै

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आउँदो हप्तादेखि निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गर्ने भएको छ । स्वास्थ्य बिमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रबर्द्धन केन्द्रमा सेवा सुरु गर्न लागेको महानगरले जनाएको छ ।

    सुरुमा वडा नं १२, २६ र ३० बाट सेवा दिइनेछ । आइतबार र सोमबार वडा नं १२, १९ र १४ का सेवाग्राहीका लागि वडा नं १२ मा, मंगलबार र बुधबार वडा नं १६, २६ र २७ का सेवाग्राहीका लागि वडा नं २७ मा र बिहीबार र शुक्रबार वडा नं १० र ३० का सेवाग्राहीका लागि वडा नं ३० स्वास्थ्य प्रबर्द्धन केन्द्रमा भिडियो एक्स रे गरिनेछ ।

    स्वास्थ्य बीमा कार्यक्रम लागू भएका सबै वडामा भिडियो एक्स रे मेसिन राखिएको छ ।सेवाग्राहीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्दै लैजाने स्वास्थ्य विभागको योजना छ । 
    महानगरपालिकाले वडा नं ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं १४ बल्खु, वडा नं १९ कंकेश्वरी, वडा नं २६ लैनचौर र वडा नं।३० ज्ञानेश्वर, वडा नं १६ बालाजु, वडा नं २७ महावौद्ध, वडा नं १२ टेकु र वडा नं ७ चावहिलको स्वास्थ्य प्रबर्द्धन केन्द्रलाई पहिलो सम्पर्क विन्दुका रुपमा तोकेको छ । यीमध्ये ५ विमा बोर्डबाट अनुमोदन भइसकेका छन् भने ५ वटा अनुमोदनको प्रक्रियामा छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij