Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

कांग्रेस–एमाले भ्रष्टाचारमा लिप्त भए : राजेन्द्र लिङ्देन

कांग्रेस–एमाले भ्रष्टाचारमा लिप्त भए : राजेन्द्र लिङ्देन

  • 179
    SHARES
  • कांग्रेस–एमाले भ्रष्टाचारमा लिप्त भए : राजेन्द्र लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले र कांग्रेस भ्रष्टाचारमा लिप्त भएकै कारण जनता आजित भएको बताएका छन् ।

    मंगलबार किर्तिपुरमा उपनिर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफैं सरकारमा रहँदा नागरिकलाई शरणार्थी बनाएर बेच्ने, अदालतले दोषी ठहर गरेका व्यक्तिहरुबाटै अर्बौको चन्दा लिने क्रियाकलापका कारण कांग्रेस एमालेप्रति जनतामा असन्तुष्टि बढ्दै गएको बताएका हुन् ।

    लिङ्देनले भने, ‘सरकारहरुको कुरा गर्ने हो भने आफू सरकारमा बस्ने आफ्नै नागरिकहरुलाई भुटानी शरणार्थी बनाएर बेच्ने काम भइरहेको छ । आफैं सरकारको नेतृत्व गर्ने अनि अदालतले दोषि ठहर गरेका व्यापारीसँग अर्बौको चन्दा लिने काम गर्दैछ । यो काम उनीहरुले ठिक गरेका हुन् त रु त्यसकाणले यस्ता क्रियाकलापबाट जनता असन्तुष्ट छन् ।’

    जनताले कांग्रेस र एमाले जस्ता भ्रष्ट राजनीतिक दलहरुको विकल्प खोजेका छन् भन्ने प्रमाणित गर्न समेत आउँदो उपनिर्वाचनमा हराउन आवश्यक रहेको लिङ्देनको भनाइ छ । स्थानीय तहहरुमा राप्रापाले कम ठाउँमा मात्र जितेपनि राम्रो नतिजा आएको उनको दाबी छ ।

    ‘अब जनता यीनिहरुको विकल्पको खोजीमा छन् भन्ने कुरा प्रमाणित गर्नको लागि भएपनि आउने उपनिर्वाचनमा कांग्रेस एमालेजस्ता पार्टीहरुलाई हराउनुपर्छ । ५३ वटै स्थानीय तहहरुमा कांग्रेस, एमाले र माओवादीले जितेको कुनै स्थानीय तहको तपाईले उदाहरण पाउनुभएको छ जहाँ भ्रष्टाचार भएको छैन, सुशासन भएको छ भन्ने पाउनुभएको छ । स्थानीय तहहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीले असाध्यै कम ठाउँमा चुनाव जितेको थियो । त्यसमा मेरो गृहगाउँपालिका पनि एक हो । मेरो गाउँपालिकालाई झापाको कर्णाली भनेर भन्ने गरिन्थ्यो तर आज त्यहाँ यति विकास भएको छ कि कालोपत्रे सडक नभएको आज कुनै वडा छैन । त्यसैले उपनिर्वाचनमा हामी सबै क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्छौं,’उनको भनाइ थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij