Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

बारुद बनाउने भारतको सरकारी कारखानामा विस्फोट 

बारुद बनाउने भारतको सरकारी कारखानामा विस्फोट 

  • कार्तिक ६, २०८१ मंगलवार १४:२७ बजे
  • 138
    SHARES
  • बारुद बनाउने भारतको सरकारी कारखानामा विस्फोट 

    नयाँ दिल्ली । भारतको मध्य प्रदेश राज्यमा पर्ने जबलपुरको एउटा कारखानामा मंगलबार ठूलो विस्फोट हुँदा झण्डै १५ जना घाइते भएका छन् । 

    सरकारको अधीनमा रहेको भारतीय सैनिकका लागि गोलाबारुद उत्पादन गर्ने कारखानामा विस्फोटका बेला कार्यरत कर्मचारी सबै घाइते भएको भारतीय संचारमाध्यमले जनाएको छ ।

    विस्फोटको आवाज निकै टाढासम्म सुनिएको थियो । कसरी विस्फोट भयो भन्ने स्पष्ट जानकारी आइसकेको छैन । रक्षा मन्त्रालयअन्तर्गतको यो कारखानामा बम र विस्फोटक पदार्थ बनाइन्छ । स्थानीय समयअनुसार विस्फोटको घटना बिहान साढे १० बजे भएको बताइएको छ ।

    घाइते सबैलाई नजिकैको एउटा अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । जबलपुरको उक्त कारखाना ब्रिटिश शासनकालमा स्थापना भएको र यसको उद्देश्य भारतीय सेनाका लागि हतियार तथा गोलाबारुद उत्पादन गर्नु थियो । भारत स्वतन्त्र भएपछि यो कारखानालाई राष्ट्रियकरण गरेर सरकारको अधीनमा ल्याइएको थियो । 

  • सम्बन्धित विषय:

  • # विस्फोट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij