Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

देशभर १९ हजार जना डेंगुबाट संक्रमित

देशभर १९ हजार जना डेंगुबाट संक्रमित

  • 142
    SHARES
  • देशभर १९ हजार जना डेंगुबाट संक्रमित

    काठमाडौं । देशभर डेंगु संक्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)को पछिल्लो तथ्यांक अनुसार डेंगु संक्रमितको संख्या १९ हजार पाँच ९९ पुगेको छ । डेंगु संक्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् ।

    डेंगु संक्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेंगु संक्रमण सबैभन्दा बढी काठमाडौंमा फैलिएको छ । काठमाडौंमा डेंगु संक्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन् ।

    यस्तै कास्कीमा दुई हजार आठ सय ४७ जनामा डेंगु संक्रमण देखिएको छ । यस्तै तनहुँमा दुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा नौ सय ७१, ललितपुरमा आठ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा छ सय १०, भक्तपुरमा तीन सय ५५ तथा स्याङ्जामा तीन सय ३५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने, ‘पोस्ट मनसुन सुरु हुँदा डेंगुको  जोखिम बढ्ने सम्भावना हुन्छ । दसैँ लगत्तै अस्पताल आउने डेंगुका बिरामी बढिरहेका छन् । समुदायमा डेंगु संक्रमण फैलिएको देखिन्छ ।’

    विसं २०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो । डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो ।

    लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ ।

    डेंगु संक्रमणबाट बच्न मुख्यतः लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ । डा पुनले भने, ‘झूलको प्रयोग गर्नु राम्रो हुन्छ । जटिल लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।’

  • सम्बन्धित विषय:

  • # डेंगु

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij