वेबटिभी खबर
सुर्खेत । सुर्खेतमा आज बिहान मिनी बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन । दैलेखदेखि सुर्खेत जाँदै गरेको क प०२००९ख०८५२ नम्बरको मिनी बस सुर्खेतको रिठा भन्ने स्थानमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालका अनुसार बसमा तीन जना सवार रहेका थिए । घाइते तीनै जनालाई उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेत पठाइएको थियो । घाइते मध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij