Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

राष्ट्रपति पौडेलद्धारा दक्षिणकाली मन्दिर दर्शन

राष्ट्रपति पौडेलद्धारा दक्षिणकाली मन्दिर दर्शन

  • 140
    SHARES
  • राष्ट्रपति पौडेलद्धारा दक्षिणकाली मन्दिर दर्शन

    काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडादशैंको अवसरमा सोमबार बिहान दक्षिणकाली मन्दिर जानुभई दक्षिणकाली माताको पूजा अर्चना गर्नुका साथै पूजारीबाट टीका प्रसाद ग्रहण गरेका छन् ।

    काठमाडौंको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यो मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठ मध्ये एक मानिन्छ । सो अवसरमा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर  क्षेत्रको पुननिर्माणमा सहयोगका लागि आग्रह गरे ।

    साथै काठमाडौ मकवानपुरको सडक छिटो पुननिर्माण गरी सडक निर्वाध सञ्चालनको आवश्यकता औल्याए । राष्ट्रपति पौडेलले बाढी पैहिरोले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराए ।

    राष्ट्रपति पौडेललाई मन्दिरमा स्थानीय निकायका जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र सर्वसाधारणले स्वागत गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij