Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

एमाले विवाद मिलाउन दोस्रो तहका नेताहरुबीच सिंहदरबारमा छलफल हुँदै 

एमाले विवाद मिलाउन दोस्रो तहका नेताहरुबीच सिंहदरबारमा छलफल हुँदै 

  • 1.1K
    SHARES
  • एमाले विवाद मिलाउन दोस्रो तहका नेताहरुबीच सिंहदरबारमा छलफल हुँदै 

    काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद मिलाउन दोस्रो तहका नेताहरु छलफलमा जुटेका छन् ।

    सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा दोस्रो तहका नेताहरुबीच शनिबार बिहानबाट छलफल जारी छ । 

    पार्टीभित्र देखिएको विवाद समाधान गर्न गठन गरेर शुक्रबार विघटन गरिएको कार्यदलका सदस्यहरुसहित एमाले सचिवहरु पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई र भीम आचार्य पनि छलफलमा सहभागी रहेको अध्यक्ष ओली पक्षका एक नेताले जानकारी दिए ।

    विघटित कार्यदलमा सुवासचन्द्र नेम्वाङ, भीम रावल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, विष्णु रिजाल र शंकर पोखरेल रहेका थिए । 

    शुक्रबार संस्थापन पक्षले स्थायी कमिटी बैठक राखेर कार्यदलले तयार गरेको १० बुँदे सहमति अनुमोदन गर्दै कार्यदल विघटन गरेको थियो ।

    बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ भने नेपाल पक्ष  विश्वासको मत दिने अडानमा छ ।

    २७ असारमा कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएपछि नेताहरु छलफलमा जुटेको बुझिएको छ ।

    अध्यक्ष ओलीले माधव नेपाललाई एमालेमा ठाउँ नरहेको बताएपछि पार्टी विवाद झन् चर्किएको छ ।

    ‘आजको छलफल एमालेको एकतालाई बचाउनमा केन्द्रित हुनेछ । प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिन एमाले एकढिक्का छ,’ ओली पक्षका ती नेताको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij