याङगुन । म्यान्मारमा सैन्य शासनको विरुद्धमा आइतबार हुने विरोध प्रदर्शनभन्दा अगाडि मुख्य सहर याङगुनमा प्रहरीले रातको समयमा विभिन्न स्थानमा छापा मारेको छ । सामाजिक सञ्जालमा सेयर भएको भिडियोमा मानिसको पक्राउ गर्नका लागि गल्लीभित्र पस्नुभन्दा अगाडि सुरक्षाबलले भवनतर्फ गोली चलाएको देखिन्छ ।
संयुक्त राष्ट्र संघले देशमा जारी विरोध प्रदर्शन दबाउन सेनाका बल प्रयोगबाट हालसम्म ५० भन्दा धेरैको ज्यान गएको बताएको छ । आइतबार पनि याङगुन सहरमा हजारौं संख्यामा मानिस सडकमा सेनाको विरोध गर्न उत्रिएका छन् । यसबाहेक मान्डले सहरमा सबैभन्दा धेरै संख्यामा मानिस जम्मा भएका छन् । रोयटर्सका अनुसार म्यान्मार–भारत सीमानजिक पनि प्रदर्शन भइरहेको छ ।
सुकीसहित पक्राउ गरिएका सबै नेतालाई रिहा गर्न एनएलडीको आग्रह
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij