Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

भारतमा ट्रकले अटो रिक्सालाई ठक्कर दिँदा सात जनाको मृत्यु, तीन घाइते

भारतमा ट्रकले अटो रिक्सालाई ठक्कर दिँदा सात जनाको मृत्यु, तीन घाइते

  • 128
    SHARES
  • भारतमा ट्रकले अटो रिक्सालाई ठक्कर दिँदा सात जनाको मृत्यु, तीन घाइते

    एजेन्सी । भारतको मध्य प्रदेशको दमोह जिल्लामा मङ्गलबार साँझ ट्रकले अटोरिक्शालाई ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् ।

    जिल्लाको ‘देहट’ (ग्रामीण) प्रहरी चौकीको क्षेत्राधिकारमा पर्ने सामन्ना गाउँ नजिकै दुर्घटना भएको हो ।  घाइतेहरुलाई थप उपचारका लागि जबलपुर लगिएको  प्रहरीले जनाएको छ ।

    दमोह जिल्लाको सामन्नामा १० जना बोकेको अटोरिक्सालाई ट्रकले ठक्कर दिँदा उक्त घटना भएको हो । प्राथमिक उपचारपछि घाइतेहरुलाई थप उपचारका लागि जबलपुर मेडिकल कलेज लगिएको छ दमोहका प्रहरी उपरीक्षक (एसपी) श्रुतकीर्ति सोमवंशीले सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।

    ‘अहिलेसम्म हामी घटनास्थलमा ट्रक र अटोको ठक्करको निशान जाँच गरिरहेका छौँ । होसमा आएपछि घाइतेको बयान लिइने छ । त्यसपछि दुर्घटनाको कारण पत्ता लगाउन सक्नेछौँ । ट्रकको चालक हाम्रो हिरासतमा छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ’, उनले भनेका छन् ।

    मुख्यमन्त्री मोहन यादवले पीडितलाई आवश्यक आर्थिक सहयोगको घोषणा गरेका छन् । मुख्यमन्त्री यादवले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘दमोह जिल्लाको दमोह–कटनी राज्य राजमार्गमा ट्रक र अटो ठोक्किँदा धेरैको ज्यान गएको खबर सुन्दा दुःख लागेको छ । यसमा लापरवाही गर्नेलाई कडा कारबाही गर्न निर्देशन दिइएको छ । यो भयानक सडक दुर्घटना हो ।’

  • सम्बन्धित विषय:

  • # भारत

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij