वेबटिभी खबर
काठमाडौं । सानिमा बैंकले अनलाइन सपिङ पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ ।
दराजको महाबचत बजार योजनाअन्तर्गत सानिमा बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५५ वा अधिकतम १,५ सयसम्म र क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २०५ वा अधिकतम २ हजारसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यो योजना साउन ३ गतेदेखि ७ गतेसम्म लागू हुनेछ । उक्त समझदारीपत्रमा सानिमा बैंकको तर्फबाट डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठ र दराजका तर्फबाट डिजिटल पेमेन्ट पाटनरसिप म्यानेजर अरुण फुँयालले हस्ताक्षर गरेका हुन् ।
सानिमा बैंकको देशभर ८६ शाखा कार्यालय, १७ विस्तारित काउन्टर र ९५ एटीएम सञ्चालित छन् । सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्टलगायतमा विशेष छुटको व्यवस्था रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij