Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

रास्वपाको राष्ट्रिय भेला आजदेखि, यस्ता छन् छलफलका एजेन्डा

रास्वपाको राष्ट्रिय भेला आजदेखि, यस्ता छन् छलफलका एजेन्डा

  • 79
    SHARES
  • रास्वपाको राष्ट्रिय भेला आजदेखि, यस्ता छन् छलफलका एजेन्डा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु हुँदै छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा आज बिहान ९ बजेदेखि सुरु हुने भेला भोलि बुधबारसम्म चल्नेछ ।

    कार्यवाहक महामन्त्री बुर्लाकोटीका अनुसार भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान,  विधान संशोधन लगायतका एजेन्डामा छलफल हुनेछ । भेलामा सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् सङ्गठन विभागका प्रमुख बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् ।

    भेलाले प्रथम महाधिवेशनको मितिसमेत तय गर्ने बताइएको छ । भेलामा सहभागी हुन  देशभरबाट १५०० बढी प्रतिनिधि काठमाडौँ आएको पार्टीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # रास्वपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij