वेबटिभी खबर
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान गरेका छन् ।
शुक्रबार नेपाल चिकित्सक संघद्धारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले ती महिला चिकित्सकहरूलाई सम्मान गरेका हुन् ।
सम्मानित हुनेहरूमा वुमेन इन मेडिसिन इन नेपाल अवार्ड अन्न्तर्गत डा रीता गुरूङ, डा शान्तकुमारी सापकोटा, डा हीरा तुलाधर, डा गीता सायमी र डा कल्पना सुवेदी उपाध्याय छन् । वुमेन इन मेडिसिन इन नेपाल लाइफटाइम एचिभमेन्ट अवार्ड अन्तर्गत डा सुनिता आचार्य, डा सुधा खकुरेल, डा बिमला लाखे, डा।मालती त्रिपाठी र डा अम्बिका श्रेष्ठ रहेका छन् । उनीहरुलाई राष्ट्रपति पौडेलले दोसल्ला एवम् सम्मानपत्रसहित सम्मान गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij