वेबटिभी खबर
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले राजस्व परिचालन प्रभावकारी रुपमा सञ्चालन गर्न नसकिए अर्थतन्त्रमा सुधार गर्न नहुने बताए ।
काठमाडौंमा बिहीबार आयोजित भन्सार व्यवस्थापन गोष्ठीमा उनले राजस्व परिचालनको दृष्टिकोणले अहिले धेरै चुनौतीहरू देखिएको भन्दै प्रभावकारी रुपमा काम गर्न नसके अर्थतन्त्र सुधार्न नसकिने बताएका हुन् ।
उनले भने, ‘आजभोलि चलनचल्तीको भाषा छ, ‘अर्थतन्त्र अहिले दबाबमा छ’ । राजस्व परिचालनको दृष्टिकोणले अहिले चुनौतीहरू छन् । वास्तवमा म चाँहि यो दबाब व्यक्तिगत रुपमा गहिरो रूपले हेरिरहेको छु । कति भुक्तानीतर्फ गर्न बाँकी छन् । यदि राजस्व परिचालन प्रभावकारी रुपमा गर्न सकेनौँ भने कसरी अगाडि बढ्न सकौँला भन्ने चिन्ता छ ।’
उनले विगतको तुलनामा अर्थतन्त्रमा केही सुधार भए पनि त्यसैमा चित्त बुझाएर बस्ने अवस्था नरहेको बताए ।
उनले भने, ‘गत वर्षको तुलनामा केही प्रगति भए पनि त्यसलाई तुलना गरेर त्यसमा नै चित्त बुझाएर बस्ने अवस्था छैन् ।’
अर्थमन्त्री पौडेलले भन्सार विभागका कर्मचारीहरूलाई सेवाग्राही प्रति मैत्रीपूर्ण व्यवहार गर्दै उच्च मनोबलसाथ काम गर्न निर्देशन पनि दिए ।
उनले भने, ‘भन्सार विभागका सबै कर्मचारी उच्च मनोबलसाथ काम गर्नुहोस् । सबै सेवाग्राहीसँग मैत्रीपूर्ण व्यवहार गर्नुहोस् ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij