Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

बरियारपट्टीमा बेवारिसे शव फेला

बरियारपट्टीमा बेवारिसे शव फेला

  • 105
    SHARES
  • बरियारपट्टीमा बेवारिसे शव फेला

    गोलबजार । सिरहाको बरियारपट्टीमा एक पुरुषको शव फेला परेको छ ।

    बरियारपट्टी गाउँपालिका-३ दशगजाभन्दा दुई सय मिटर उत्तर र सशस्त्र प्रहरी बलको वेशक्याम्पभन्दा दुई सय ५० मिटर पूर्व रहेको खेतको आलिमा बेवारिसे अवस्थामा शव फेला परेको हो ।

    उक्त शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहा पठाएको जिल्ला प्रहरी सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

    उनले भने, ‘शवको सनाखत हुन सकेको छैन, घटनास्थलमा प्रहरी परिचालन भई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij