Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

७५ जिल्लामा फैलियो डेंगु संक्रमण, सबैभन्दा धेरै गण्डकीमा

७५ जिल्लामा फैलियो डेंगु संक्रमण, सबैभन्दा धेरै गण्डकीमा

  • 130
    SHARES
  • ७५ जिल्लामा फैलियो डेंगु संक्रमण, सबैभन्दा धेरै गण्डकीमा

    काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या पाँच हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो जानकारी अनुसार डेंगु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेकका ७५ जिल्लामा फैलिएको छ ।

    तीन जनाको डेंगु रोगको सङ्क्रमणका कारण मृत्यु भइसकेको महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिए ।

    डेंगु सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा सबैभन्दा धेरै दुई हजार चार सय ४० जनामा संक्रमण पुष्टि भएको छ ।

    कोशी प्रदेशमा सात सय ४९, मधेशमा ८६, बागमतीमा एक हजार ४८६, लुम्बिनी चार सय १८, कर्णालीमा ७६ र सुदूरपश्चिम प्रदेशमा ३३४ जना सङ्क्रमण देखिएको छ । 

    काठमाडौं जिल्लामा ४६६, भक्तपुरमा ६२ र ललितपुर ८८ जनामा डेंगु सङ्क्रमण पुष्टि डा. दाहालले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij