Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

रास्वपाले निलम्बित महामन्त्री ढकाललाई फेरि स्पष्टीकरण सोध्ने

रास्वपाले निलम्बित महामन्त्री ढकाललाई फेरि स्पष्टीकरण सोध्ने

  • 150
    SHARES
  • रास्वपाले निलम्बित महामन्त्री ढकाललाई फेरि स्पष्टीकरण सोध्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असोज १ र २ गते राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । बुधबार पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो ।

    प्रवक्ता मनिष झाले भने, ‘हामि राष्ट्रिय भेला असोज १ र २ गते काठमाडौंको कमलादी प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय भेलाको तयारीका लागि हामी सबै जुटेका छौं, आयोजक केन्द्रीय समितिलाई नै मानिने छ , त्यसअन्तर्गत उपसमितिहरु बन्ने छन् ।’

    राष्ट्रिय भेलाको तयारीका लागि सातै प्रदेशमा कार्यकर्तासँग छलफल गर्ने निर्णय भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । यस्तै रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने जनाएको छ ।

    प्रवक्ता झाले रिक्त रहेका सबै पदमा उम्मेदवारी दिएर उप नर्वाचनमा भाग लने निर्णय भएको बताए । ‘रास्वपा उपनिर्वाचनमा सहभागी हुनेछ, हामी भाग लिनेछौँ । त्यसका लागि आजको बैठकमा व्यापक छलफल भएको छ,’उनले भने ।

    साथै रास्वपाले निलम्बित महामन्त्री डा मुकुल ढकाललाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आजको बैठकले ढकाललाई एक पटक फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij