Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

जर्मनीमा बाढीले १९ जनाको मृत्यु, दर्जनौं बेपत्ता 

जर्मनीमा बाढीले १९ जनाको मृत्यु, दर्जनौं बेपत्ता 

  • 969
    SHARES
  • जर्मनीमा बाढीले १९ जनाको मृत्यु, दर्जनौं बेपत्ता 

    काठमाडौं । जर्मनीको केही भागमा ठूलो वर्षाका कारण आएको बाढीले घरहरूमा क्षति पुर्याउँदा १९ जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति बेपत्ता भएका छन् । उत्तरी राइन वेस्टफेलिया र राईनल्यान्ड-प्यालाटिनेट राज्यहरूमा बिहीबार आएको बाढीले कार र घरहरू बगाएकाे छ । 

    राइनल्यान्ड प्यालाटिनेटको सानो सहर सुलडमा बाढीले चार वटा घर पूर्ण रुपमा र दुईवटा आशिंक रुपमा बगाउँदा ५० देखि ७० जनासम्म बेपत्ता भएको अनुमान गरिएको छ । 

    छिमेकी मुलुक बेल्जियममा २ जनाकाे ज्यान गएकाे छ भने नेदरल्यान्डमा पनि बाढीले धेरै क्षति पुर्याएकाे छ । पश्चिमी युरोपको केही भागमा भारी वर्षा भएका कारण प्रमुख नदीहरूमा बहाव बढेको छ । राइनल्यान्ड-प्यालाटिनेट राज्यका प्रमुख मालू ड्रेयरले यसलाई ‘ठूलो प्रकोप’ भनेकी छन् । ‘त्यहाँ मृत्यु भएका, हराइरहेका र धेरै व्यक्ति अझै जोखिममा छन्’ उनले भनिन्, ‘हाम्रा सबै आपतकालीन सेवाहरू आफ्नै ज्यान जोखिममा राखेर चौबीसै घण्टा काम गरिरहेका छन् ।’ 

    बाढी ग्रस्त क्षेत्रमा उद्धारका लागि प्रहरीका हेलिकप्टर र सयौं सिपाहीहरु पठाइएको छ । प्रभावित क्षेत्रका विद्यालय बन्द गरिएका छन् । रेल तथा अन्य यातायात सेवा अवरुद्ध भएको राज्य सरकारले जनाएको छ । 

    germany.jpg

    germany.webp

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij